लायन्सले गर्यो वृक्षरोपण र सफाई कार्यक्रम

काठमाडौँ । लायन्स क्लबले काठमाडौँमा वृक्षरोपण र झाडी सरसफाई गरेको छ ।

क्लबका डिस्ट्रिक वातावरण संयोजक लायन सौरभ श्रेष्ठको संयोजकत्वमा सुरु भएको सो कार्यक्रममा सिनामंगलबाट एअरपोट जाने बाटोको दाँया बाँया रहेका झाडी सरसफाई गरिएको छ भने वृक्षरोपण पनि गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौ वाग्मतीका अध्यक्ष लायन करुणा शाक्यले यो कामको सुरुवात मात्र भएको र हरेक शनिबार यस्तै सरसफाईको कार्यक्रम राखेर पशुपतिनाथ जाने गेटसम्को भागमा सबै झाडी तथा फोहोर सरसफाई गरिने जानकारी दिनुुभये ।

लायन्सले एक घर एक रुख रोप्ने अभियान पनि सञ्चालन गर्दै आइरहेको छ । जसले गर्दा सहरी हरियाली निर्माण हुने विश्वास गरिएको छ । लायन्स क्लब डिस्ट्रिक एच अन्र्तगतको दुईवटा क्लब काठमाडौ बाग्मती र रानीपोखरी मिलेर सिनामङ्गल क्षेत्रमा सो कार्य सम्पन्न गरिएको शाक्यले बताइन् ।

लायन्स क्लब अफ काठमाडौ रानीपोखरीका नारायणी लामिछानेले सफाई कार्यमा अरु क्लवहरु पनि बिस्तारै सहभागी गराई ब्यापक बनाईने योजना रहेको जानकारी दिइन् ।

सो कार्यक्रममा वडा नं ९ का दुई जना वडा सदस्य श्रृजना भेटवाल र टेकराज अधिकारीले पनि सहभागिता जनाएका थिए । वातावरण संरक्षण काममा लायन्सको महत्वपूर्ण योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here