घरमै बसी सरकारको निर्देशन पालना गर्न नारायण दाहालको अपिल



१४ चैत २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष नारायण दाहालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका निम्ति घरमै बसी नेपाल सरकार लगायत विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अनुरोध गरेका छन् ।

उनले जारी गरेको अपिलमा नेता दाहालले नेपाललाई कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि आत्म संयम हुन र सचेतना अपाउन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्