१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाविस सचिवलाई कार्यसम्पादन भत्ता दिने सरकारको निर्णय, ४१ करोड ६९ लाख रुपैयाँ विनियोजन गर्ने तयारी



सरकारले गाविस सचिवलाई कार्यसम्पादन भत्ता दिने निर्णय गरेको छ । मन्त्रीपरिषदले मंगलवार भत्ता दिने निर्णय गरेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४१ करोड ६९ लाख रुपैयाँ बजेट अख्तियारी दिने तयारी गरेको छ । कार्यसम्पादन भत्ता पाउन सचिवले महिनामा न्यूनतम् ५० घन्टा थप काम गर्नु पर्नेछ । यसैगरि महिनामा सात दिनभन्दा बढी विदामा बस्ने सचिवले भत्ता पाउने छैनन् ।

गत वर्ष बैशाखदेखि असारसम्म विभिन्न सुचक बनाएर ४० देखि ५० प्रतिशत भत्ता दिने दिएको थियो । कार्यस्थलमा खटेर कम्तिमा २४ दिन काम गरेको हुनुपर्ने, बेरुजु नियमित फर्छ्योट गरेको हुनुपर्ने, तोकिएको समयभित्र सामाजिक सुरक्षा भत्ता दिएको हुनुपर्ने जस्ता विभिन्न सुचक बनाएर अंकभार दिने र त्यही अंकका आधारमा तलबको ४० देखि ५० प्रतिशत भत्ता दिएको थियो ।

यी कार्यसम्पादनका सुचकहरू यस बर्षपनि पालना गर्नुपर्ने मन्त्रालयले जनाएको छ । चालू आर्थिक बर्षमा भने भत्ता दिन नखाेजे पछि २ हप्ताअघि गाविसको काम ठप्प पारेर सचिवहरू हड्तालमा उत्रिएका थिए । स्थानीय विकास मन्त्रालय भत्ता दिन सकरात्मक भए पनि अर्थ मन्त्रालयले आनाकानी गरिरहेको थियो । मन्त्रालयले बजेट माग गर्दा अर्थले भने अब कार्यान्वयन हुने मितिदेखि मात्रै भत्ता दिने सहमति दिएको थियो । तर सचिवहरूले साउनदेखि यताकै भत्ता पाउनुपर्ने भन्दै हड्ताल नरोके पछि स्थानीय विकास मन्त्रालयले भत्ता दिने प्रस्ताव मन्त्रीपरिषदमा पेस गरेका थिए । मन्त्रीपरिषदले साउन देखिकै भत्ता दिने निर्णय गरेपछि बजेट स्थानीय विकास मन्त्रालयले अख्यितियारी दिने तयारी गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७३, बिहिबार ००:००