१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा



 

२४ जेठ, चौतारा ।
विभिन्न बहाना बनाई समयमै काम सम्पन्न नगर्ने एक निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामोसाँघु–जिरी सडक अन्तर्गत खाडीचौर देखि मुढे सम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएका सुनौलो खिम्ती जेभीका ठेकदार धर्मराज भण्डारीलाई चौताराबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

खाडीचौरदेखि मुढेसम्मको २५ किमीको ३९ करोडमा मुख्य ठेकेदार भारतको सीमाञ्चल÷गौरी पार्वती÷सुनौलो खिम्ती जेभीसँग ठेक्का सम्झौता थियो ।

खाडीचौरदेखि चरीकोटसम्मको ५५ किमी सडकको तीन मिटर कालोपत्रे सडकलाई सात मिटर चौडा गरी कालोपत्रका लागि भारतको एक्जिम बैंकको ऋण सहयोगमा सञ्चालन भएको थियो । दोस्रो खण्ड पर्ने मुढे–चरीकोट ३० किमी सडकका लागि भारतको सकिल हैदर÷गौरी पार्वती÷सुनौलो खिम्तीसँग ७० करोडमा ठेक्का सम्झौता भएको थियो ।

पहिलो खण्डको गत मंसिरसम्म सम्पन्न हुनुपर्ने र दोस्रो खण्डको गत वैशाखमा सम्पन्न गरिसक्नुपर्नेमा दशैँपछिदेखि नै काम बन्द गरी काममा बाधा पु¥याएको भनी स्थानीयवासीले बेलाबेलामा आवाज उठाउँदै आएका थिए ।

स्वीस सरकारको सहयोगमा चार दशकअघि निर्मित खाडीचौर जिरी सम्मको ११० किमी सडक कृषि सडकका रुपमा निर्माण भएको थियो । हाल सडक ज्यादै साँघुरो भएपछि दुई वर्ष अघिदेखि सडक सुधारको काम शुरु भएको थियो ।

सडक चौडा गर्ने र टेवा पर्खालको काम ९० प्रतिशत पूरा भए पनि दुवै खण्डको जम्मा काम ६० प्रतिशत मात्र भएको सडक सुधार तथा विकास आयोजना अन्तर्गत लामोसाँघु–तामाकोशी–जिरी सडक योजनाका प्रमुख केदार नेपालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहिबार ००:००