डम्पिङ गरिएका नदीजन्य पदार्थको राजस्व लिएर बिक्री गर्न दिने निर्णय गर्‍यो राप्तीसोनारीले

111

बाँके(राप्तीसोनारी)– बाँकेको राप्तीसोनारी गाउँपालिकाले डम्पिङ गरेर राखेको निर्माण सामग्री बिक्री गर्न दिने निर्णय गरेको छ । विकासका काममा नदीजन्य पदार्थको अभाव नहोस् भन्ने उद्देश्यले राजस्व लिएर गाउँपालिकाले बिक्री गर्न दिने निर्णय गरेको हो ।

विकास निर्माणका काममा नदीजन्य पदार्थको अभाव देखिएपछि गाउँपालिकाभित्रका खोलाबाट डम्पिङ गरेर राखिएका नदीजन्य पदार्थको राजस्व र थप जरिवाना तिराएर बिक्री गर्न दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । उनका अनुसार प्रति घनफिट १० रुपैयाँ ५० पैसाका दरले राजश्व असुल गरेर डम्पिङ गरेर राखिएको नदीजन्य पदार्थ लैजान दिने निर्णय भएको हो । गाउँपालिका आसपासका क्षेत्रमा ठूलो मात्रामा नदीजन्य पदार्थ डम्पिङ गरिएको रहेको बताउँदै अध्यक्ष थारुले भने,‘ डम्पिङ गरेर राखिएका नदीजन्य सामग्रीको खोजी कार्य तीव्र रुपले भइरहेको छ ।’

Womui
Womui