वरिष्ठ र महामन्त्रीसहितका नेताले बहिष्कार गरे सभापति देउवाको बैठक

90

छिनछिन खबर
काठमाडौं–नेपाली कांग्रेसका शीर्ष नेतामा देखिएको बिबाद चर्कदै जाँदा एकले अर्कोलाई बोलाएको बैठकमा अनुपस्थित हुन थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला लगायतका असन्तुष्ट नेताहरुको अनुपस्थितिमा पार्टी संस्थापन पक्षका नेताहरुले बोलाएको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको विधान समेत शंसोधन गरेपछि विवाद बढेको हो ।

पार्टी संस्थापन पक्षले आफूहरुलाई वाहिर राखेर विधान संशोधनसहित १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै असन्तुष्ट बनेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानिलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा असन्तुष्ट नेताहरु सहभागी भएनन् ।

Womui
Womui