घोराही, २१ वैशाख । दाङमा बढ्दै गइरहेको जग्गा खण्डीकरण रोक्न नागरिकहरुले स्थानीय सरकारसँग आग्रह गरेका छन् । जिल्ला समन्वय समिति दाङको आयोजना र फियान तथा खाद्य अधिकार सञ्जालको समन्वयमा आज घोराहीमा खाद्य अधिकारका विषयमा स्थानीय सरकारका प्रतिनिधिहरुसँगको छलफलमा नागरिकहरुले जग्गा खण्डीकरणलाई तत्काल रोक्न आग्रह गरेका हुन् ।सरकारले कित्ताकाट गर्न नपाउने गरी नीति ल्याए पनि कार्यान्वयन हुन नसकेको भन्दै नागरिकहरुले अब स्थानीय सरकारले त्यसको नियमन गर्नुपर्नेमा जोड दिएका छन् । नागरिक समाज, मानव अधिकारकर्मी र खाद्य अधिकारको क्षेत्रमा काम गर्ने प्रतिनिधिहरुले दाङमा बढ्दै गइरहेको जग्गा खण्डीकरणले दीर्घकालीनरुपमा खाद्य संकटको सिर्जना हुने निश्चित भएको बताए ।
विकासका क्रममा पनि जग्गा नै मासिदै गएको भन्दै उनीहरुले घरघडेरीका नाममा भैरहेको जग्गा खण्डीकरणलाई रोक्न स्थानीय सरकारलाई सुझाब दिएका छन् ।
समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एवं प्रदेश सांसद रेवतिरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिकहरुले जग्गा मासिदै गएको दरलाई हेर्दा खाद्यान्न संकटसँगै आयातमा धेरै रकम बाहिर जाने देखिएको भन्दै बेलैमा स्थानीय सरकारले खाद्य अधिकारका पक्षहरुको विश्लेषण गरेर उब्जनी बढाउनतर्फ लाग्न सुझाब दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद शर्माले अब भू उपयोग नीतिमार्फत खाद्य अधिकारलाई सुरक्षित गरिने बताउनुभयो । दाङ कृषिमा आत्मनिर्भर बन्नसक्ने प्रसस्त सम्भावनाहरु रहे पनि कृषिमा आधुनिकीकरण र व्यवसायीककरणमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही नगर क्षेत्रमा अब बस्ती विकास र कृषि उत्पादन क्षेत्रको निर्धारण गरेर अघि बढ्ने बताउनुभयो । समृद्धिको आधार कृषिलाई बनाउन सकिने भन्दै उहाँले कृषिप्रति आकर्षित गराउँदै बेरोजगारीको अन्त्य र खाद्यान्नमा आत्मनिर्भर बनाउने दिशामा आफूहरु रहेको जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस