पु.समाचार

पक्राउ परेका प्रकाण्डसहित ३ जनाले ७ करोड चन्दा उठाएको पाइयो (भिडियो)

काठमाडौं । बुधबार बिहान पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता बहादुर बिक (प्रकाण्ड) सहित ३ जनाले करोडौँ चन्दा असुलेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा प्रकाण्ड सहित ३ जनाले विभिन्न उद्योगपति, व्यवसायी समेतवाट अवैद्य रुपमा करिव ७ करोड वरावरको रकम चन्दा असुली गरेको पाइएको हो ।

कालिकोटका ४९ बर्षीय पूर्व मन्त्री प्रकाण्ड, कपिलवस्तुका ५० बर्षीय वर्ष मन बहादुर श्रेष्ठ र कालिकोट ३३ बर्षीय हरिचन्द्र आचार्य (विमर्श)लाई चन्दा ऐन, २०३० वमोजिमको मुद्धा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ५ (पाँच) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको छ ।

भिडियो:-