आर्थिक

गुडविल फाइनान्सको २६ औ बार्षिक साधारणसभा सम्पन्न

२९ पुस, काठमाडौँ / पौष २९ गते बुधवारका दिन यस गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ औ वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भयो । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुतगरेका थिए ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८५ले वृद्धि गरी ८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८५ ले वृद्धि गरी ६,८४,०५,४५,५०४ पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष विश्व प्रकााश साखले प्रस्तुत गरेको आ.ब.२०७६/०७७ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ८.४५बोनस शेयर तथा ३.६५नगद लाभांश गरि जम्मा १२५ वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको covid 19 का कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी गराए ।

Zoom Meeting मार्फत सम्पन्न भएको साधारण सभामा बोल्ने शेयरधनीहरुले वित्तीय संस्थाले यस बर्ष थप प्रगति गरी अझ बढि प्रतिफल प्राप्त गर्न सकियोस भनि शुभकामना दिएका थिए।

साथै साधारण सभाले पारित गरेको उक्त आ.व.को ३.६५लेहुन आउने नगद लाभांश सोहि दिन शेयरधनीहरुको खातामा पठाइएको छ ।