राजनीति

पाँच बर्ष काँग्रेस नेतृत्वमा सरकार बन्दैन, जनताको मतअनुसार प्रतिपक्षमा बस्छः प्रवक्ता शर्मा

७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई जनताले प्रष्टसँग प्रतिपक्षमा बस्न मत दिएकाले कसैको भड्काउमा लागेर काँग्रेस सरकारमा जाने कुरा हल्लामात्र भएको बताएका छन् ।
मिडियामा नेपाली काँग्रेसका सभापति एबम् संसदीय दलका नेता शेरबहादुर देउवा चुनावी सरकारको प्र्रधानमन्त्री बन्ने भन्ने आएको हल्लातर्फ संकेत गर्दै युवा नेता शर्माले ट्वीट गर्दै उक्त खुलासा गरेका हुन् ।
उनले कुनैपनि भड्काउबाट काँग्रेस टाढा रहने भन्दै नेकपा भित्रको आन्तरिक द्वन्द्वमा काँग्रेस निरपेक्ष रहेको खुलाएका छन् । उनले काँग्रेस संसदहरु यति छन्, यति साँसद भए उसलाई प्रधानमन्त्री बन्न सजिलो हुन्छ भन्दै चियापसलमा गफ गर्नेहरुलाईसमेत ब्यूँझ्याँउँदै यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं भनेका छन्।
प्रवक्ता शर्माको ट्वीटः
भ्रमः कोहि कसैलाई केही छ भने!
५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई
अतः कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं ।
नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं । अतः यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल !