पु.समाचार

मोरङमा एकैदिन ३९ जनाले जिते कोरोना संक्रमणः गरियो डिस्चार्ज

४ असार काठमाडौं । मोरङमा एकैदिन ३९ जनाले कोरोना संक्रमण जितेका छन् । निको हुनेमा झापा, मोरङ, सुनसरी र भोजपुरका १५ देखि ४७ बर्ष उमेर समूहका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेशन केन्द्रमा उपचार गराइरहेका १ सय १६ जनामध्ये ३९ जना डिस्चार्ज भएका हुन् । निको भएकालाई आज डिस्चार्ज गरिएको छ ।

प्रदेश नम्बर १ मा संक्रमीत वढिरहेको बेला निको भएर जानेको संख्या पनि बढेको छ । अहिलेसम्म डिस्चार्ज भएर फर्कनेको संख्या २ सय १६ छ । प्रदेश १ मा आजसम्म सङ्क्रमितको संख्या ४ सय १६ पुगेको छ