प्रदेश 1

इटहरी उपमहानगरद्धारा बालगायक प्रीतम आर्चाय ५१ हजार नगद सहित सम्मानित

इटहरी । चर्चित वालगायक प्रीतम आर्चायलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको छ । लैगिंक हिंसा विरुद्धको प्रथम इटहरी सम्मेलनको अवसरमा बालगायत आर्चायलाई नगद ५१ हजार सहित सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरे । भारतको जिटिभिवाट प्रशारण हुने चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा प्रितम तेश्रो भएका थिए । इटहरी ५ का ११ वर्षिय बालक प्रितम आर्चायलाई इटहरी उपमहानगरको कार्यपालिका बैठकले ५१ हजार सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

नियमानुसार कर कटौती गरेर पुरस्कार सहित सम्मान गरिएको हो । इटहरी उपमहानगरले गरेको सम्मानबाट आफू उत्साहित भएको प्रितमले बताए। प्रितमलाई सारेगम लिटिल च्याम्सका लागि भारत जानुअघि इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले नेपालको झण्डा र नेपाली टोपी लगाइदिएर बिदाई गरे। तेश्रो भएर नेपाल आउँदा उनलाई नगरपालिका परिसरमा भव्य स्वागत गरिएको थियो ।