पु.समाचार

नारामयणमान विजुक्छेले गरे पुस्ता हस्तान्तरण

काठमाण्डौ । भक्तपुरका सदाबहार नेताका रुपमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले यो पटकको चुनावमा उम्मेद्वारी दिएनन् । कम्युनिष्ट विचारकको रुपमा मानिने विजुक्छेले उम्मेद्वारी नदिएपछि नेपाली राजनीतिमा बहसको विषय बनेको छ ।

प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका छन् । दुवै निवर्तमान सांसद हुन् ।
७६ वर्षीय विजुक्छेले आफुले नयाँ पुस्तालाई अवसर दिएको बताउँदै उम्मेद्वारी नदिएको बताए । उनले भने,‘राजनीतिबाट निश्क्रिय भएको होइन, नयाँ पुस्तालाई अवसर दिएको हो ।’ विजुक्छेले अरु पार्टीका नेताहरुलाई सन्देश दिएको प्रतिक्रिया दिए ।