२० जेष्ठ २०८१, आइतबार | Sun Jun 2 2024

प्रधानमन्त्रीले सबै मन्त्रीलाई बालुवाटार बोलाएपछि हंगामा



काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि सबै मन्त्रीलाई बालुवाटार बोलाएका छन् । यद्यपि, यो मन्त्रिपरिषद् बैठक नभएको उनका सहयोगीहरूले बताएका छन् । राजनीतिक परामर्शका लागि भन्दै बिहान ८ बजे बस्ने गरी ओलीले सबै मन्त्रीलाई बालुवाटार बोलाएका एक मन्त्रीले जानकारी दिए । सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आएका छन् ।

पार्टी र सरकार सही ढंगले चलाउन नसकेको, पार्टीभित्रको अन्तरविरोधलाई भारतसँग जोडेको भन्दै सचिवालय तथा स्थायी कमिटीका कतिपय सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् ।

यही बेला प्रधानमन्त्रीले आकस्मिक छलफलका लागि सबै मन्त्रीलाई बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसैबीच कपाभित्रको आन्तरिक कलह थप जटिल मोडमा पुगेको छ। पार्टी एकताले पूर्णता पाइनसक्दै आन्तरिक संघर्षबाट गुज्रदै आएको नेकपा मंगलबारको स्थायी समिति बैठकपछि झन संकटमा धकेलिएको हो।यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आएका नेताहरुले मंगलबारको स्थायी समिति बैठकमा एक स्वरमा राजीनामा मागेका छन्। आइतबार मात्रै आफूलाई पदबाट हटाउन नसक्ने अभिव्यक्ति दिएका ओलीलाई दुई दिनमै स्थायी समिति सदस्यहरुले राजीनामा दिन माग गरेपछि नेकपाभित्रको संघर्ष झन पेचिलो स्थितिमा पुगेको हो।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ८ : २८ बजे