काठमाडौं १४ असार । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ ।टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ ।
उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएको छैन ।सामाजिक सन्जालमा शेयर गरिएको घटनास्थलको तस्वीरमा प्रहरीसहित लरी वरपर आपतकालीन सेवाका सदस्यहरु देखिन्छन् । सो लरीका चालक फेला परेका छैन् ।
न्यूयोर्क टाइम्सका अनुसार प्रहरीले चालकको खोजी गरिरहेको छ ।घटनास्थल अमेरिका–मेक्सिको सिमानाभन्दा करिब २५० किलोमिटर टाढा पर्दछ । टेक्सासका गभर्नर ग्रेग अबोटले खुला सिमानाको घातक नीतिका कारण यो घटना भएको भन्दै राष्ट्रपति जो बाइडनको आलोचना गरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्