क्रिस्टियानो रोनाल्डोलाई ‘ईएसपीवाई अवार्ड’

क्रिस्टियानो रोनाल्डोलाई ‘ईएसपीवाई अवार्ड’


पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ईएसपीवाई अवार्ड जितेका छन्। ईएसपीवाई अवार्डमा सन् २०२१ को उत्कृष्ट पुरुष फुटबल खेलाडी बन्दै रोनाल्डोले ‘बेस्ट इन्टरनेशनल एथ्लेट अवार्ड’ जितेका हुन् ।

युभेन्ट्सका फरवार्ड रोनाल्डोले केलियन एमबाप्पे, लियोनल मेस्सी र मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन्।

महिलातर्फ अमेरिका तथा म्यानचेस्टर सिटीकी साम मेविसले यस अवार्ड जितेकी छिन्। अमेरिकाको टेलिभिजन नेटवर्क एबीसी र ईएसपीएनले यो अवार्ड हरेक वर्ष विभिन्न विधामा प्रदान गर्दै आइरहेको छ।

बेलायतका फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टनले बेस्ट ड्राइभर अवार्ड जितेका छन्। टेनिसको पुरुषतर्फ नोभाक जोकोभिच र महिलातर्फ नाओमी ओसाकाले यस अवार्ड जितेका छन्।

Logo