निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय टिपर प्रवेश गरेपछि….

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय टिपर प्रवेश गरेपछि….


धादिङको गल्छी गाँउपालिकाले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि एक सय टिपर बालुवा सहयोग गरेको छ । गाँउपालिकामा उत्खनित बालुवा रंगशाला निमार्णको लागि सहयोग गरेको हो ।

शनिबार बिहान धादिङबाट आएको टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए ।  बालुवा पुर्‍याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन पुगेको थियो । नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले बालुवाको  निुशल्क ढुवानी गरेको छ । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ ।

राष्ट्रिय झण्डासहित लाइन लस्करै आएको टिपरहरूलाई  इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् । त्यस्तै  भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो ।

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललेले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजना भएकाले सहयोग गर्न आग्रह गरे ।

Logo