Logo
|
Saturday 8th June 2024
Logo

epaper

कोरोनाविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाकाअनुसार सोमबार १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो।

यस्तै मंगलबार (भोलि) २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने उहाँले बताउनुभयो । यो खोप सरकारले विश्व बैंकको सपोर्टमा कोभ्याक्स सुविधाअन्तर्गत खरिद गरेको चौरासियाको भनाइ छ। उहाँकाअनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन। उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था सरकारले आफै गरेको हो। सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ।

सरकारले आँफैले खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरासियाले बताउनुभयो । यस्तै चीन सरकारमार्फत पनि आइतबार मात्र २० लाख सिरिञ्ज आइपुगेकाले नेपालमा सिरिञ्ज अभाव नभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्