Logo
|
Tuesday 30th April 2024
Logo

epaper

पेन किलरले बिगार्छ मिर्गौला



वैदेशिक रोजगारीमा जाने धेरै युवाको आफूखुसी पेन किलरु लगायत औषधि खाँदा मिर्गौला फेल हुने समस्या देखिएको छ। दैनिक १३ देखि kidneys१४ घन्टासम्म कडा काममा खट्ने उनीहरूले स्वास्थ्यमा सानोतिनो समस्या आए पनि पेन किलर नै रोज्ने गरेको पाइएको छ। त्यसैले युवा उमेरमै मिर्गौला फेल हुने समस्याबाट ग्रसितको संख्या बढ्दै गएको चिकित्सक बताउँछन्।

वीर अस्पताल नेफ्रोलोजी विभागका प्रमुख मिर्गौला रोग विशेषज्ञ प्रा.डा.राजेन्द्र अग्रवालले यसबारे विस्तृत अध्ययन हुन नसके पनि खाडी मुलुकबाट बिरामी परेर फर्केका बिरामीसँगको कुराकानीमा यस्तो पत्ता लागेको बताए। चर्को घाममा काम गर्दा पसिना अत्यधिक बग्छ, अनि डिहाइड्रेसन हुन पुग्छ। कामको चापले उनीहरू पानी पनि पिउन बिर्संदा रहेछन्, अग्रवालले भने, बिरामी भए पनि काम गर्नैपर्ने बाध्यतामा पेन किलरु खाँदा रहेछन्, जुन मिर्गौला फेल बनाउने एउटा मुख्य कारण हो।

उनका अनुसार गत महिना मिर्गौला फेल भएर मलेसियाबाट फर्किएपछि वीरमा उपचार गराउन आएका चारजना युवकले पेन किलरु को सहारा लिँदै काममा खटिने गरेको दुस्खेसो गरेका थिए। चिकित्सकका अनुसार पर्याप्त पानी नपिउनाले पनि मिर्गौला फेल हुनसक्छ ।

कतार, मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्सलगायत अत्यधिक गर्मी मुलुकमा गएका नेपाली युवाले कडा काम गर्नुपर्ने बाध्यताले प्रशस्त पानी पिउनसमेत पाउँदैनन्। विदेशमा काम गर्दा बिरामी भएर फर्किएका धेरैजनासँग घन्टौं परामर्श गरेको छु, उनीहरूको अवस्था दयनीय छु, डा.अग्रवालले भने, कामको चापले गर्दा न उनीहरूले प्रशस्त पानी पिउँछन् न, समयमै खान पाउँछन् न त पर्याप्त आराम गर्न पाउँछन्। परिणाम मिर्गौला फेल हुने समस्या देखिँदैछ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका मिर्गौला शल्यचिकित्सक डा. पवन चालिसले वैदेशिक रोजगारमा जाने युवामा मिर्गौला फेल हुने समस्या हेर्दा सामान्य लागे पनि गम्भीर बन्दै गएको बताए। गर्मी मुलुकमा पानी अभावमा कोकाकोला, बट्टामा बन्द गरिएका जुसलगायत पेय पदार्थ धेरै पिउने चलन छ, जसले छिट्टै मिर्गौलामा असर गर्छ। यहाँबाट गएका नेपाली युवाले पनि खाने त्यही हो, चालिसेले भने, जसले मिर्गौलालाई नोक्सान गर्न सघाउँछ।

वैदेशिक रोजगारमा खटिने नेपाली युवालाई दैनिक १३ देखि १४ घन्टासम्म कडा काममा खटिनुपर्ने बाध्यता छ। चालिसेले भने, सानोतिनो स्वास्थ्य समस्या देखिएपछि आराम गर्ने अवसर विरलै प्राप्त हुन्छ। करिब ३० लाख युवा रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्