काकोट घटना यथार्थ एक, प्रचार अनेक–स्थानीयवासी

विष्णुप्रसाद देवकोटा
डोल्पा, छार्काताङसोङ गाउँपालिका–४ काकोटमा भाद्र १९ गते भएको सामान्य झडपको घटनालाई यथार्थमा नबुझेर अनर्गल प्रचार गरिएको काकोटबासीले बताएका छन ।

घटनाको सत्यतथ्य सम्बन्धमा जानकारी दिन सदरमुकाम दुनैमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा काकोटका स्थानीयले घटनाको यथार्र्थ नबुझेर एकपक्षीय रुपमा अनर्गल प्रचार गरेर सिंगो गाउँको नै मानमर्दन हुने काम गरिएको आरोप लगाए ।परापुर्वकाल देखि सदाझै भाद्र १९ गतेदेखि २१ गते सम्म तीन दिन काकोटबासीले गुम्बामा पुजा लगाउने प्रचलन रहेको छ ।तर यो वर्ष गाउँलेलाई जानकारी नै नदिई पालिका महिला सदस्य पेमाछोइजुम गुरुङ्ग र पालिका वडासदस्य तथा न्यायिक समितिका सदस्य समेत रहेका खोमसुम रोकायाको मिलोमतोमा १८ गते नै पुजा लगाउने गरि आन्तरिक तयारी गरेपछि विवाद शुरु भएको हो ।

सधैझै पुजा गर्दै आएको दिन गते नै पुजा गरौ यदि हुन्न भने तपाईहरु यो वर्ष गर्नुहोस, हामीहरु गाउँको कुनैपनि साझाकाम गर्दैनौ, अर्को वर्ष गुम्बा पुजा हामी गछौ आलोपालो गरम तपाइहरुले पनि कुनै साझा काम गर्न पाइन्न भनेर पालिका महिला सदस्य पेमाछोइजुमसंग गाउँकी ५७ वषीया पासाङ्गलामु बुढाले कुरा गर्दागर्दै दुई पक्षका मानिसहरु जम्मा भई भनाभन हुँनै लाग्दा प्रहरीले विवाद सुल्झाएर पठाएको स्थानीय पेमासाम्दुक बुढाले पत्रकारहरुलाई बताए ।तर भेलिपल्ट विहान पालिका महिला सदस्या गुरुङ्ग र न्यायिक समिति सदस्य रोकायाको समुह गाउँमै नभएका अध्यक्ष सेनाङ गुरुङ्ग र स्थानीय पेमासाम्दुक बुढा लागयतको समुह विरुद्द सदरमुकाम दुनैमा झुट्ठा आरोपसहित मुद्दा दिने हल्ला गर्दै सदरमुकाम जान गाउँको बीच गल्लीमा हिडिरहेको अवस्थामा पुजा गर्ने बेला कता जान थालेको नजानुहोस भनेर भन्दा उल्टै नानाथरीको गालीगलौज गरी आफुहरुमाथि आक्रमणमा उत्रिएको स्थानीय अमर गुरुङ्गको भनाई छ ।

झडप हुँदा भाग्ने क्रममा ढुङ्गाको सोलिङ गरिएको वाटोमा लडेर टाउँको र आँखामा चोट लागेर पालिका सदस्य घाइते भएकोमा वडाअध्यक्षको समुहले कुटपिटबाट घाइते बनाएकोे गाउँमा गुण्डा पालेर राखेको भन्ने गम्भिर आरोप सहित एकपक्षीय रुपमा काठमाण्डौमा मिडियावाजी गरेर घटनाको यथार्थलाई नै मोडेर गाउँको मानमर्दन हुने र निर्दोषलाई दोषी बनाउने काम भइरहेकोे स्थानीय तथा घटनाका प्रत्यक्षदर्शि कार्मा गुरुङ्गले बताए ।

यसै गरी लडेर घाइते भई उपचारको लागि दुनै अस्पतालमा रहेकी आफ्नी दिदि निमा गुरुङ्ग भेट्न गएका डोल्पा काइके गाउँपालिका घरभई दुनै बोन स्कुलमा कार्यरत शिक्षक शमसेर रोकायालाई पालिका न्यायिक समितिका सदस्य रोकायाको समुहले अस्पताल प्राङ्गणमै कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि काठमाण्डौ पठाइएको समेत स्थानीयले पत्रकारभेटघाटमा बताए ।कार्मा गुरुङ्ग, अमर गुरुङ्ग पासाङ्गलामु बुढा पेमासाम्दुक गुरुङ्ग निमा रोकाया लगायतले घटनाको सत्यतथ्य यथार्थ बुझेर छानवीन गरी दोषीलाई कारवाही गर्न र अनर्गल प्रचारमा विश्वास नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन ।

गत वर्ष ०७७ असोज २ गते पनि काककोट स्थित तेन्जिङ नोर्के आधारभुत विद्यालयमा वडाअध्यक्ष सेनाङ गुरुङ्ग र न्यायिक समिति सदस्य खोमसुम रोकाय पक्षबीच विद्यालयको जस्तापाताका विषयमा विवाद भई झडप हुँदा वडाअध्यक्ष गुरुङ्ग सहित आठ जना घाइते भएका थिए ।०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित दुवै समुह बीचको विवाद अझै कायमै छ ।भाद्र २० गते काकोट गुम्बाको पुजा कसले पहिले गर्ने भन्ने विषयमा दुई पक्ष बीच भनाभन भई सामान्य झडप हुँदा भएको भागदौडमा छार्काताङसोङ गाउँपालिका–४ घरभई पालिका महिला सदस्य समेत रहेकी पेमाछोइजुम गुरुङ लडेर घाइते भएकी थिइन ।यसैगरी ढुङ्गा हानाहानमा भएको भागदौडमा लडेर वर्ष २५ का निमा रोकाया र वर्ष १८ का अमर गुरुङ्ग सामान्य घाइते भएका थिए ।

टाउँको र आँखामा चोट लागेर घाइते भएकी पालिका महिला सदस्य पेमाछोइजुम गुरुङ्गलाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।भने अन्य दुईको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ ।
फोटो क्याप्सन .२० भाद्र ०७८ मा काककोटमा गुम्बा पुजा कसले पहिले गर्ने भन्ने विषयलाई लिएर भएको घटनाको सम्बन्धमा पत्रकारभेटघाटमा आफ्ना कुरा राख्दै काकोटका स्थानीय ।





error: Content is protected !!