डा. राजु अधिकारी उच्च सम्मान सहित पुरष्कृत
अस्ट्रेलियाको नेपाली समुदायमा चिर-परिचित समाजसेवी एबम अस्ट्रेलियाको बैज्ञानिक एबं अनुसन्धानत्मक संस्था सिएसआइआरओ कार्यरत वैज्ञानिक डा. राजु अधिकारी र उहाँको अनुसन्धान टोलीका अन्य सदस्यहरुलाई सिएसआइआरओ कृषि तथा खाध्य डिरेक्टर पुरष्कारबाट सम्मान सहित पुरष्कृत गरिएको छ ।
सय वर्ष अगाडी स्थापित कमनवेल्थ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सिएसआइआरओ) अष्ट्रेलियाको एक प्रमुख वैज्ञानिक अनुसन्धान संस्था हो । डा अधिकारीलाई कृषि उत्पादन बढाउन पोलिमर प्रविधिको विकास गरेकोमा संयुक्तरुपमा उक्त पुरष्कार प्रदान गरिएको जनाइएको छ । यस अघि पनि डा अधिकारी चिकित्सा एप्लीकेशन्समा पोलिमर सम्बन्धी कार्यको लागि सिएसआइआरओबाट पुरष्कृत भइसक्नु भएको छ । उहाँ सिएसआइआरओका दुई वटा सहायक कम्पनीहरुमध्ये एकको आविष्कारक पनि हुनुहुन्छ । हाल अष्ट्रेलियामा परीक्षण भैरहेको उक्त प्रविधि नेपाल लगायतका कृषिप्रधान देशहरुमा पनि सफलतापूर्वक प्रयोग गर्न सकिने आफुले विश्वास लिएको वैज्ञानिक डा. अधिकारीले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताउनुभयो ।
बिश्वको जनसंख्या जुन रुपमा बढेको छ र यसरि बढेको जनसंख्यालाई कसरि खाद्यान्न पुराउने भन्ने अहिलेको ठूलो चुनौती हो । यसैले पनि थोरै पानी र रासायनिक मलको प्रयोग गरी सिमित जमीनमा उत्पादन बढाउन सकिने र स्वस्थ लगाएत अन्य कुरामा असर नपर्ने पोलिफेलिन भनिने रसायनमा आधारित पदार्थ विश्वभरि नै किसानहरुले प्रयोग गर्न थालेका छन् । यस बाट माटोमा रहेको पानीको ह्रास कम हुने र झारपातको वृद्धिमा पनि नियन्त्रण हुने अनुसन्धानमा रहेका वैज्ञानिकहरुले बताएका छन् उनिहरुका अनुसार फलफूल तथा नगदे बालीको उत्पादन बढाउन यो प्रविधि अबको बिश्वको लागि निकै उपयोगी हुनेछ । कैयौं वर्षको अनुसन्धान पछि मात्र कृषिमा प्रयोगका लागि ट्रान्सपिरेशनल भनिने यो प्रविधिको विकास गरिएको पनि डा. अधिकारीले बताउनुभयो । सिएसआइआरओका जैविक प्रविधि विशेषज्ञ डा. अधिकारी गैरआवासीय नेपाली संघ एनआरएनएको सीप, ज्ञान तथा आविष्कार समितिका संयोजक पनि हुनुहुन्छ ।
काठमाडौं– सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रकृया भएको स्पष्ट...
काठमाडौं– नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक...
काठमाडौं– फेसन नेटवर्क नेपालले शुक्रवारदेखि आयोजना गरेको नेपाल फेसन फेस्टिभल आज आइतवार...
काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज जेठ...
काठमाडौं– सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रकृया भएको स्पष्ट...
Meet local black women whom share your interests Looking for a night out...
Only Lads is actually a ...
डालास– आइसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आइतवारदेखि प्रारम्भ भएको छ ।...
Filipina ladies have been a subject of...