निर्वाचन आयोग र सञ्चारको सम्बन्ध नङ र मासुजस्तै :आयुक्त डा.तुलाधर

१२ कार्तिक,काठमाडौ । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचन आयोग र सञ्चारको सम्बन्ध नङ र मासुजस्तै रहेकोले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगको नेतृत्व र हामी सबैको दायित्व रहने बताउनुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानूनले दिएको अधिकार र कार्यक्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको उल्लेख गर्दै उहाँले यस क्रममा सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताउनुभयो । निर्वाचनलाई सफल बनाउने कार्य आयोग एक्लो प्रयासबाट सम्भव नहुने भएकाले निर्वाचनका विभिन्न चरण र प्रक्रियाहरूमा भएका सही सूचनालाई प्रवाह गरेर आयोग र मतदाताबीच सेतुको कार्य गर्न पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो ।

‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक सञ्चारकर्मीहरू नै हुन् । सञ्चारकर्मीका सही सूचना हाम्रा लागि कोसेढुंगा हुनेछ ।’ आयुक्त डा. तुलाधरले भन्नुभयो, ‘आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत रहेको छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ । त्यस अर्थमा आयोग र सञ्चारको सम्बन्ध नङ र मासुजस्तै रहेकामा हामी स्पष्ट रहेका छौँ ।’

आयुक्त डा. तुलाधरले आयोगले निर्वाचनका क्रममा समानुपातिकतर्फको मतपत्र ढुवानी लगभग सम्पन्न भइसकेको र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ कार्य भइरहेको जानकारी दिँदै उहाँले आयोगले प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्रको माध्यमबाट सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको अवगत गराउनुभयो ।

आयुक्त तुलाधरले निर्वाचनका चरणहरूमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताको पालना सबैले गर्नुपर्ने र आचारसंहिता उल्लंघन भएका सही सूचना दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ सुरु

भक्तपुर, जेठ २५ गते । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा

शीर्ष दलबिच सहकारी छानबिनमा सहमति

जेठ १५, काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा गठन गरिने भनिएको छानबिन समितिको कार्यादेश (टीओआर)

संसद बैठकबाट बहुमतले नीति तथा कार्यक्रम पारित

जेठ १३,काठमाडौं  । आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।