नेयमार रियल म्याड्रि जान सक्ने !

neymar-real-madrid-1एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारका विषयमा बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले चासो राखेका छन् । यदि बार्सिलोनाले नेयमारलाई भित्राउन नसक्ने अवस्थामा टोलीको चिरप्रतिद्वन्द्वि रियल म्याड्रिड जान सक्ने अनुमान मेस्सीले गरेका छन् ।

ब्राजिलियन फरवार्ड नेयमार काटलान महारथी फर्कने सम्भावना बलियो थियो । तर, अन्तिम समयमा दुई क्लबबीच सहमति हुन सकेन । रियलले पनि नेयमारलाई लिन प्रयास गरेको थियो । तर, दुवैको प्रयास सफल भएन र नेयमार पिएसजीमै बसे ।

पूर्व सहकर्मी नेयमार पिएसजीमा खुसी नरहेको मेस्सीले बुझेका छन् । त्यसकारण बार्सिलोना आउन नमिलेको खण्डमा नेयमारले रियललाई विकल्पको रुपमा राख्न सक्ने अनुमान गरेका छन् ।

‘इमान्दारपूर्वक भन्दा यदि उनी यहाँ आएनन् भने रियल जाने सक्छन्,’ मेस्सीले भने, ‘उनी साच्चै पिएसजी छोड्न चाहन्छन् । मलाई लाग्छ फ्लोरेन्टिनो र रियलले उनलाई लिनका लागि हरसम्भव प्रयास गर्नेछन् ।’

अबको सरुवा बजारमा पनि नेयमारको चर्चा नहुने कुरै हुन्न । बार्सिलोना पनि नेयमारलाई पुनः क्लबमा फर्काउन चाहन्छ । तर, पिएसजीले सहजै नेयमारलाई नछाड्ने निश्चित छ । सन् २०१७ मा विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा नेयमार बार्सिलोनाबाट पिएसजी गएका थिए ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने