May 3, 2019

मौसममा खतराको संकेत: उडान नगर्न आपत्कालीन अपिल

Image result for हावाहुरीसहित भारी वर्षाबैशाख २०, काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले नेपालमा पनि ‘फानी’ को प्रभाव देखिएको उल्लेख गर्दै शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न अपिल गरेको छ ।

पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न–नगराउन राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक अपिल गरेको हो । भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो।

नेपालको काठमाडौंसम्मको मौसममा यसको असर सुरु भइसकेको छ भने आँधीका डरले नवलपरासी, चितवनलगायतका तराईका जिल्लामा आज विद्यालय बन्द गराइएको छ ।

भारतको ओडिसामा पनि यसको प्रभाव देखिसकिएको छ । त्यहाँको सरकारले झण्डैँ ११ लाख मानिसहरुलाई भारतको ओडिसाबाट सुरक्षित स्थानमा पुर्यासकेको छ । यस फानीका कारण भारतमा बिहीबार रातिदेखि नै उडानहरु रद्द गरिएका छन् भने रेल सेवा समेत बन्द गरिएको छ ।

यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोलि मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन र चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले जानकारी दिएका छन् ।

मौसमविद्का अनुसार एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ । साथै देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपातको सम्भावना रहेको छ ।

आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना