दुईतिहाई पुर्‍याउने सरकारको प्रयासले आशंका उब्जिएको छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्पष्ट बहुमत प्राप्त सरकारले दुई तिहाईको समर्थन जुटाउनु र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा अघि सार्नुले गम्भीर आशंका उत्पन्न गरेको बताएका छन् । 

लोकतन्त्रवादी नेतृ शैलजा आचार्यको स्मृति दिवसका अवसरमा मंगलबार शैलजा आचार्य आदर्श समाजले काठमाडौंको बत्तिसपुतलीमा आयोजना गरेको विचारसभामा वरिष्ठ नेता पौडेलले सरकारका पछिल्ला प्रयासहरु मुलुकका लागि उचित नभएको बताए । 

‘‘एउटा कम्फर्टेबल मेजरिटी पाएको पार्टी छ र सरकार चलाउन उसलाई कसैको बाधा छैन र कसैसँग सम्झौता गर्नु पर्ने आवश्यकता छैन । तर त्यस्तो हुँदाहुँदै पनि आवश्यकताभन्दा बढी मत जुटाउने कसरत सामान्य सरकार सञ्चालनका लागि होइन । यसका पछाडि उनीहरुको ठूलो महत्वकांक्षा छ ।’’

हिजोसम्मका सवै आफ्ना अडानहरु छोडेर मधेसवादी दलहरुलाई सरकारमा सहभागी गराएर दुईतिहाई बहुमत पुर्याउने सरकारको कसरत सामान्य कुरा नभएको उनको भनाइ छ ।   

बहुमतको खेलमा संविधानलाई चलाउने काम भए मुलुकमा फेरी अस्थिरता उत्पन्न हुन सक्ने पौडेलले बताए । सत्तारुढ दलले कांग्रेसलाई घेराबन्दीमा पार्ने खेल खेलिरहेको भन्दै उनले कांग्रेस समयमै सचेत हुनपर्नेमा जोड दिए । नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले सवै कांग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको समेत बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले कांग्रेस अहिले इतिहासमै अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरे । कमजोर अवस्थामा रहेको कांग्रेस गुट–उपगुटमा विभाजित भएको मौका पारेर सत्ता पक्ष एकलौटी ढंगले अगाडि बढी रहेको उनको भनाइ थियो ।

नेता कोइरालाले नेतृ शैलैजा आचार्यसँग विताएका क्षणहरुको स्मरण गर्दै मुलकमा लोकतन्त्र स्थापनाका लागि उनको योगदानलाई कांग्रेसले बिर्सन नहुने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता