कमल थापाको आक्रोस : बहुमतको आडमा सरका सरकार सर्वसत्तावदा लाद्दै छ

राप्रपाका अध्यक्ष कमल थापाले संविधान र संसदीय प्रजातन्त्रको आवरणमा वर्तमान सरकारले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा आज हेटौंँडामा आयोजित ३ नं प्रदेशस्तरीय युवा प्रशिक्षण शिविरको उद्घाटन गर्दै उनले करीब दुई तिहाइ बहुमत पाएको दम्भमा सरकार क्रमिक रुपमा अधिनायकवादतर्फ उन्मुख रहेको दोषारोपण गरे ।

उनले आगामी फागुनभित्र पार्टीले हिन्दू राज्य पुनःस्थापनाका लागि आन्दोलनको तयारी थालेको जानकारी पनि दिए ।

अध्यक्ष थापाले फौजदारी मुद्दा लागेका प्रतिनिधिसभाका सदस्यलाई पदबाट निलम्बन नगर्ने भनी संसदको नियमावली आज पारित गरिँदा देशमा राजनीतिक अपराधीकरण बढ्न जाने विचार व्यक्त गरे ।

राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले मुलुकमा बाह्य शक्तिको हस्तक्षेप निस्तेज पार्न सबै प्रजातान्त्रिक शक्ति एक जुट हुनुपर्ने बताए । यही जेठ २६ गतेसम्म चल्ने शिविरमा ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका युवा संगठनका अध्यक्ष, सचिव, क्षेत्रीय प्रतिनिधि र जिल्ला सचिव गरी २९५ प्रतिनिधिको सहभागिता रहेको राप्रपाका सहायक महामन्त्री राजराम बतौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न