February 27, 2018

फोरम पनि सरकारमा सहभागी हुने पक्का

 Upendra-yadav-yadav

फागुन १५, संविधान संशोधनको मुद्दामा plokijuhygtfrdeswaqप्रधानमन्त्री केपी ओली सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ ।फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए ।तर फोरम अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलपछि मात्रै सरकारमा जाने भन्दै बालुवाटारबाट निस्केका थिए ।

मधेस केन्द्रित दलले उठाउँदै आएको संविधान संशोधनको मुद्दामा माओवादी केन्द्रका अध्यक्ष दाहाल सकारात्मक भए पनि ओली अनुदार बन्दै आएका थिए । प्रधानमन्त्री भएसँगै ओली सकारात्मक भएका हुन् । दुई तिहाइ समर्थनको सरकार बनाउन ओलीले फोरमले उठाउँदै आएको संशोधनको मुद्दालाई आपसी सहमतिका आधारमा अघि बढाइने प्रतिबद्धता बैठकमै व्यक्त गरेपछि फोरम सरकारमा जान इच्छुक देखिएको हो ।फोरम नेता राजेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबारकै मन्त्रिपरिषद् विस्तारमा फोरमबाट पनि नाम पठाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा

संसद बैठकबाट बहुमतले नीति तथा कार्यक्रम पारित

जेठ १३,काठमाडौं  । आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र