साठि अर्बकाे ठेक्का देउवा पत्नी र डनहरुकाे कब्जामा  

 
 
 
 

काठमाडौं, पुस ६ । सडक विभाग अन्तर्गत मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सूर्र्य भाटले करीब १० अर्ब रुपैयाँको ठेक्का भूषण राणाको सेटिङ अनुसार दिइसकेका छन् । हुलाकी राजमार्गको १२ अर्बकै ठेक्का प्रकरणसंग जोडिएका निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो ।

मध्यपहाडी लोकमार्ग पश्चिम खण्डमात्र होइन, एक बर्षको बीचमा सडक विभागबाट भएका करीब ६० अर्ब रुपैयाँका ठेक्का आरजुको निर्देशन र भूषण राणाकै सेटिङमा ६ वटा ‘डन’ ठेकेदारले मात्र पाएका छन् । ६ वटा ‘डन’ बाहेक अरु ठेकेदारहरूले ठेक्कामा भागै लिन नसक्ने गरी सार्वजनिक खरिद नियमावलीका दफा परिवर्तन गरेपछि ६० अर्बको ठेक्का विगत डेढ बर्षको बीचमा भइसकेको छ ।

३० अर्बको धरान–चतरा–हेटौंडा, १० अर्बको गल्छी–स्याफ्रुबेसी, ७ अर्बको बुटवल–बेलहिया, करीब ५ अर्बको बिराटनगर–धरान ठेक्का सम्पत्ति तथा ठेक्का ब्यवस्थापन आयोजना (हाल उत्तर दक्षिण तथा ब्यापारिक मार्ग विस्तार आयोजना) का प्रमुख गोपालप्रसाद सिग्देलबाट भएका छन् । यी सबै ठेक्का ६ वटा ‘डन’ निर्माण कम्पनीका लागि सेटिङ गर्ने ठूला ठेकेदारलाई भागबण्डा गरि दिइएको छ ।

वनमन्त्री विक्रम पाण्डेको कालिका कन्ष्ट्रक्सन, कांग्रेस नेता जीपछिरिङ लामाको लामा कन्ष्ट्रक्सन, कांग्रेसकै समर्थक ठेकेदार रमेश शर्माको शर्मा एण्ड कम्पनी, ऋषि सुवेदीको तुँदी कन्ष्ट्रक्सन, कांग्रेसबाट यसअघि मकवानपुरबाट सांसदमा चुनाव लडेका जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवालगायत छ्न् ।

यिनै ६ वटा ‘डन’ निर्माण कम्पनीले अग्रिम १५ प्रतिशत कमिसन दिनेगरी ठेक्कामा सेटिङमा ठेक्का हुने गरेको छ । प्रतिस्पर्धा नै नगरी मिलेमतोमा ठेक्का हुने भएकाले देशलाई ठूलो नोक्सानी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा

संसद बैठकबाट बहुमतले नीति तथा कार्यक्रम पारित

जेठ १३,काठमाडौं  । आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको