हैसियतअनुसार  कुरा गर्न  ओलीको चेतावनी मन्त्रीहरुलाई 

 

 

 २०७४ पौष ५ बुधबार 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दबाबमा अध्यादेश जारी गर्न नमिल्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी उमेदवारलाई बधाई दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्रीको दबाबमा राष्ट्रपतिले अध्यादेश जारी गर्न नमिल्ने बताए । उनले भने, “प्रधानमन्त्रीको दबाबमा राष्ट्रपतिले अध्यादेश जारी गर्न मिल्दैन, यो असंवैधानिक छ । अध्यादेश दुरुपयोगका लागि, एउटा दल विशेषको स्वार्थमा दुनियामा कहीँ पनि यस्तो प्रयोग हुँदैन । सम्माननीय राष्ट्रपतिलाई अनावश्यक ढंगले विवादमा तान्ने प्रयास भएका छन् ।”उनले एमाले सरकारमा नहुँदा पनि यतिधेरै सिट जितेको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले एमालेले विगतमा देश र जनताको लागि धेरै ठुलो त्याग र बलिदान गरेको भन्दै अहिले पनि माओवादीसँग एकता  प्रक्रिया गर्न लागेको जानकारी दिए ।ओलीले पार्टी एकताको प्रयास धेरै पहिलादेखि नै सुरु गरिएको जानकारी गराए ।“केही नेता तथा कार्यकर्तालाई अचम्म लागे पनि पार्टी एकता धेरै पहिलेदेखिकै पहल हो । हामीले बाहिर मिडियामा नभनेका मात्रै हौं । पहिला नै भनेको भए प्रतिपक्षीहरुले हाम्रो एकता हुन नदिन विभिन्न जालझेल गर्न सक्थे ।”

उनले अहिले माओवादीलाई कांग्रेसले माया गर्न खोजेको संकेत गर्दै भने, “केही मान्छेहरु गैँडाका जस्ता जिब्रा लिएर माया गरेको स्वाङ पारिरहेका छन् ।”उनले अब माओवादी कसैको जालझेलमा नफस्ने दाबीसमेत गरे । उनले एकता प्रक्रियामा जाँदा कुनै एउटा पार्टीमा अर्को विलय नहुने बताए । “एउटा अर्कोमा विलय हुने होइन,” उनले भने, “एउटाले अर्कोलाई निलेर पहिलेजस्तो कुनै पनि रहँदैन ।”

सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

कार्यक्रममा ओलीले मंगलबार सञ्चारमन्त्रीले गरेको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए । ओलीले भने, “सरकार छाड्ने बेलामा हिजो सरकारका प्रवक्ताले पत्रकार सम्मेलन गरेर राष्ट्रपतिले यस्तो गर्नुपर्यो, उस्तो गर्नुपर्यो भन्नुभयो । कुस्तीको अखडामा पस्दा कुस्तीबाजले तिघ्रा ठटाउँछ । सरकारका प्रवक्ताको प्रेस मिट पनि तिघ्रा ठटाएरै सुरु भयो । सबै मन्त्रीहरुलाई आफ्नो हैसियत, मर्यादा र ठेगान बुझेर कुरा गर्न आग्रह गर्दछु ।”
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने