बार्सिलोना अध्यक्षले गरे नेयमारको आलोचना

२४ साउन, काठमाडौं – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ब्राजिलियन नेयमारको आलोचना गरेका छन् । उनले फान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने क्रममा देखाएको व्यवहारप्रति नेयमारको आलोचना गरेका हुन् ।

Josep-Mariaबार्सिलोना छोड्ने तयारी हुँदाहुँदै पनि नेयमारले क्लबसँग सन् २०१६ मा नयाँ सम्झौता गरेको हुनसक्ने आशंका क्लबलाई लागेको बार्टोमेउले बताएका छन् । २५ वर्षका ब्राजिलियन फरवार्ड नेयमार हालै मात्र कीर्तिमानी मूल्यमा पीएसजी गएका छन् । बार्सिलोनाका अध्यक्ष बार्टोमेउले भने, ‘उनले जसरी क्लब छोडे त्यो राम्रो थिएन । यो त्यो व्यवहार होइन, जुन हामी बार्सिलोनाको खेलाडीबाट अपेक्षा गर्छौ ।’

बार्सिलोना छाड्ने चर्चा चल्दै गर्दा नेयमारले कुनै प्रतिक्रिया दिन मानेनन् । तर, प्रि–सिजन टुरबाट ट्रेनिङमा फर्किए लगतै आफूले क्लब छाड्न चाहेको जानकारी दिए । क्लबले पनि भविश्यबारे टुंगो लगाउन समय दियो । त्यसको दुई दिनमा नै उनको ट्रान्सफर पुरा भयो । नेयमारले आफू नयाँ चुनौतीका लागि पीएसजी आएको बताएका छन् ।

तर, उनले गत अक्टोबरमा मात्र बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेका थिए । त्यसबेला नै नेयमारले क्लब छाड्न सक्ने विश्लेषण गरिएको सुनाउँदै बार्सिलोना अध्यक्ष बार्टोमेउले भने, नेयमारले छाड्न सक्छन् भनेर हामीले अनुमान ग¥यो । त्यसैले रिजिल क्लज २२२ मिलियन युरो राख्यौं ।’

नेयमारलाई बार्सिलोनामै राख्न आफूहरुले प्रयास गरेको तर, निर्णय उनको भएको बताए । सपोटर्स क्लबको साधारणसभालाई सम्बोधन गर्दै बार्सिलोनाका अध्यक्ष बार्टोमेउले नेयमारको सम्झौतालाई मेस्सी र इनिस्टासँग तुलाना गरे, जसले आफ्नो करियर नै बार्सिलोनामा बिताएका छन् । ‘बार्सिलोनाभन्दा माथि कुनै खेलाडी छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति