संसद भवनको क्यान्टिनमा बन्ने खाजामा किरा (भिडियोसहित)

kira_LhH4vdA8Qjअसार २९, काठमाडौं – मुलुकका सयौ सांसद तथा मन्त्रीहरुले दैनिक खाजा तथा खाना खाने क्यानिटनमै बनाइने खाजा तथा खानामा स्याउँस्याउँ किरा भेटिन्छन् भने अन्यत्रका होटलको खानेकुरा कस्तो हाला ? तपाईंलाई विश्वास नलाग्न सक्छ, तर संसद भवन नयाँ बानेश्वरमा रहेको क्यान्टिनमा बनाएको चाउमिनमा किरा भेटिएको छ । 

घटना यहि असार २८ गतेको हो । असार २८ गते सांसदहरुसमेत उक्त क्यान्टिनमा खाजा खाना पुगेका थिए । त्यहि क्रममा एकजना सांसदसँगै संसद भवनको क्यान्टिनमा खाजा खान गएका सासंदका सहयोगिले चाउमिनको अर्डर गरे । तर, ग्राहकको अर्डर बमोजिम आएको उक्त चाउमिन खान खोज्दा किरा भेटिएपछि उनि झसंग बने । 
लगत्तै उनले क्यान्टिन सञ्चालकलाई चाउमिनमा किरा भेटिएको सिकायत गरे । तर, क्यान्टिन सञ्चालकले गल्ति स्वीकार्नुको साटो उल्टै ति ग्राहकलाई हप्काएका थिए । संसद भवनमा सञ्चालनमा रहेको सो क्यान्टिनका सञ्चालक गोपाल जोगाईले ग्राहकको सिकायत सुन्नुको साटो उल्टै यस्ता मान्छे कति आउँछन आउँछन् भनेर धम्क्याएको पीडितले बताएका छन् ।

पीडितका अनुसार क्यान्टिन सञ्चालक जोगाइले किरा परेको चाउमिनबारे जुनसुकै मिडियामा आएपनि केही लर्छापाटो नलाग्ने धम्की दिदै ‘जे गर्न मनलाग्छ गर्नु’ भन्दै धम्क्याएका थिए । 
यस सम्बधमा जोगाईको सम्पर्क नम्बर ९८५१०४७५३३ मा सम्पर्क गर्दा उनले आफु गोपाल जोगाइ नभएको भन्दै आफुलाई त्यसबारे केही थाहा नभएको बताए । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक