Logo

इन्टर मिलानको जित



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको यूरोपा लिग फुटबलको अन्तिम ३२ को पहिलाे लेगमा इन्टर मिलानले जित निकालेको छ । इन्टर मिलानले लुडोगोरेट्स रेजग्रेडलाई २–० ले पराजित गरेको हो ।


पहिलो हाफमा दुबै क्लब बराबरीमा खेलेका थिए । इन्टर मिलानका क्रिस्टियन इरिक्सनले खेलको ७१ औँ मिनेटमा गोल गरी पाहुना टोलीलाई अग्रता दिलाएका थिए । यहीं नयाँ वर्षमा इन्टरमा भित्रिएका इरिक्सनले पहिलो गोल गरेका हुन् । दोस्रो हाफको इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत् गोल गरी इन्टर मिलानलाई २–० ले जिताए । घरेलु मैदानमा रेजग्रेडले खाता पनि खोल्न सकेन ।


दोस्रो लेगको खेल इन्टर मिलानको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्