कोलोराडो गाडी दुर्घटनामा ५ वर्षीया नेपाली बालिकाको निधन..

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका, कोलोराडो नेपाली समुदायका बाल सदस्यको एक दुखःद घटनामा निधन भएको छ।

कोलोराडोस्थित बोल्डर निवासी राजेश बिष्टका ५ बर्षिया छोरी बेला बिष्टको आइतबार दिउसो यूटाबाट कोलोराडो फर्कदै गर्दा गाडी दुर्घटनामा परि दुखःद निधन भएको हो।

गाडीमा सवार ५ जना मध्ये बिष्ट आमालाई टाउकोमा चोटलागेको र अन्य ३ जना राजेश, उनका धर्मपत्नी बिजिना केसी, सानी छोरी सकुशल रहेका छन्।

उनीहरु ट्याक्सी लिएर यूटाबाट सोमबार बिहान बोल्डर आई पुगेको बिष्टका छिमेकी दिनेश कार्कीले बताएका छन्। मृतक बेला बिष्टको शव भने यूटाकै अस्पत्तालमा रहेको बताईएको छ। राजेशका २ छोरी मध्ये मृतक जेठी छोरी हुन्।

यसरी कोलोराडोमा नेपाली समुदायमा एकपछि अर्को दुखःद घटना घटिरहंदा पुरै समुदाय स्तब्ध बनेको छ। यसअघि गत अप्रील १९ तारिख बोल्डर निवासी देवराज सापकोटाको बाटो काट्ने क्रममा गाडीले ठक्करबाट निधन भएको थियो।





Comments

comments

55678