तेस्रोलिंगी आनिक रानाले बल्ल पाइन पहिचान अनुसारको नागरिकता

तेस्रोलिंगी आनिक रानाले बल्ल पाइन पहिचान अनुसारको नागरिकता

विनोद वि.सी/रुपन्देही (पहिचान) बैशाख ५—जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलाई पहिचान अनुसारको नागरिकता दिन थालेको छ । पहिचान अनुसारको नागरिकता लिन डाक्टरको प्रमाणपत्र चाहिने बताउँदै आएको प्रशासन कार्यालयले पहिलो पटक तेस्रोलिंगी यमबहादुर राना आनिकलाई लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता दिएको हो ।

Anikनील हिरा समाज भैरहवाकी हेरचाह र सहयोग परामर्श कर्ता आनिक रानाले पहिचान अनुसार लिगंको महलमा अन्य उल्लेख भएको नागरिकता पाएकी हुन् । राना अन्य उल्लेख गरेको नागरिकता लिने लुम्विनि अञ्चलकै पहिलो तेस्रोलिंगी महिला हुन् । २०७० सालदेखि बारम्बार आफ्नो पहिचान खुलाउने नागरिकता लिन प्रशाशन धाउदा प्रशाशनले कहिले प्रहरी प्रशाशनको सिफारिस त कहिले अस्पतालको सिफारिस लिएर आउनु भनि फर्काएको रानाले बताईन् ।

पहिचान अनलाईनसँग कुरा गर्दै रानाले २०७० साल देखि पहिचान अनुसारको नागरिकता लिन प्रशाशन धाउदा प्रशाशनले अमानविय व्यवाहार गरी फर्काएको र उनले ७५ वटै जिल्लाका प्रमूख जिल्ला अधिकारीलाई विपक्ष बनाई सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन । तर दुई वर्ष सम्म पनि रिटको सुनुवाई नहुदा नेपाल भरिकै समालिंगी तेस्रोलिंगी समुदाय दुःखी भएको रानाको भनाई छ । परामर्श कर्ता रानाले रिटको सुनुवाई नभए पनि २०७३ सालकै पहिलो हप्तामै पहिचानको हकमा अन्य उल्लेख नागरिकता पाउदा खुसि लागेको वताइन ।Anik Rana

यसअघि रुपन्देहीका तेस्रोलिंगी सन्तबहादुर पुनको नागरिकता सच्याउन नमानेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पुनले आफू तेस्रोलिंगी भएको गाविस, नगरपालिका, लुम्विनी अञ्चल अस्पताल, नील हिरा समाजमा काम गरेको पत्र बुझाएकी थिइन । यि सबै कागजपत्र बुझाएपनि नागरिकता नसच्याएको प्रशासनले पहिलो पटक तेस्रोलिंगी आनिक रानालाई लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता दिएको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.