कोरोनाविरुद्ध सहकार्य सशक्त बनाउन ओली-मोदी सम्वाद

कोरोनाविरुद्ध सहकार्य सशक्त बनाउन ओली-मोदी सम्वाद


प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ । कोरोना भाइरसविद्धको सहकार्यलाई सशक्त बनाउँदै एकअर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार प्रधानमन्त्री ओलीले आज (२८ चैत) टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई सो विषयमा आग्रह गर्नुभएको हो ।

दुई प्रधानमन्त्रीबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिनुभएको बताइएको छ ।