लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्धता जनाउँदै आएको एजुकेसन एण्ड माइग्रेसन कर्नरले काठमाडौं नयाँबानेश्वरमा रहेको आफ्नो शाखामा मंगलबार अष्ट्रेलियन एडिमेसन डे कार्यक्रमको आयोजना गऱ्यो ।
अष्ट्रेलियन एडिमिसन डे नाम दिइएको यो कार्यक्रममा उच्चशिक्षा हासिल गर्न अष्ट्रेलियालगायत अन्य मूलुकहरूमा जान चाहने नेपाली विद्यार्थीहरूलाई कर्नरले विभिन्न सरसल्लाह र सुझाव दिएको थियो । पछिल्लो समय नेपाली विद्याथीहरूको विश्वास जित्दै आएको एजुकेसन एण्ड माइग्रेसन कर्नरको यो कार्यक्रमबाट आफूहरूले धेरै कुराको ज्ञान पाएको कुरा कार्यक्रममा उपस्थित विद्याथीहरूले बताएका थिए ।
एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड ऐम्बेष्डर अभिनेत्री उपासना सिंह ठकुरीले उपस्थित विद्याथीहरूसँग छलफल गर्दै एजुकेसन एण्ड माइग्रेसन कर्नरले शिक्षा क्षेत्रमा पुऱ्याएको योगदानको बारेमा जानकारी दिएकी थिइन् ।
‘विद्याथीहरूको उल्लेख्य सहभागिताले साँच्चै हामी हौसिएका छौँ । उहाहरूले यो कार्यक्रमको आयोजनाबाट भरपूर जानकारी पाउनुभएको विश्वास हामीमा पलाएको छ’, एजुकेसन एण्ड माइग्रेसन कर्नर नयाँ बानेश्वर शाखाका प्रबन्धक नितेश उप्रेतीले भने ।
प्रतिक्रिया